Aadarsh-Daily

यौन दुव्र्यवहारको आरोपमा विर्ताका पूर्व प्रमुख इन्स्पेक्टर सिवाकोटी पक्राउ

ad-4p

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताको प्रमुख भएर काम गरेका प्रहरी निरीक्षक विदुर सिवाकोटी पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सिवाकोटी पक्राउ परेका हुन् ।

content ad p2
content left

आफ्नै घरमा काम गर्ने १३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार प्रहरी निरीक्षक सिवाकोटीलाई गएराति नागार्जुन नगरपालिका–१ स्थित निवासबाटै पक्राउ गरिएको हो ।

गए राति नै काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी र बाल अधिकारकर्मीले सिवाकोटीको घरबाट बालिकालाई उद्धार गरेका थिए। उद्धारपछि बालिकाले आफू यौन दुर्व्यवहारमा परेको बताएकी थिइन् ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily