Aadarsh-Daily

पर्साका प्रमोद जयसवाल फेरि बने मन्त्री

ad-4p

पर्सा । पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका मधेस प्रदेशको खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।

content ad p2
content left

शुक्रबार नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले गठन गरेको मन्त्रीमण्डलमा जयसवालले खेलकुदमन्त्रीको जिम्मा पाएका हुन् । यसअघि जयसवाल, पूर्व मुख्यमन्त्री सरोज यादवको मन्त्रीमण्डलमा शिक्षा तथा संस्कृति मन्त्री थिए ।
गत चैत १० मा तत्कालीन मुख्यमन्त्री यादवले पुर्नगठन गरेको मन्त्रीमण्डलमा जयसवाललाई शिक्षामन्त्रीमा नियुक्त गरिएको थियो ।

जयसवाल, गत निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्रबाट ७ हजार ३९० मतका साथ निर्वाचित भएका थिए । त्यसअघि जसपामा रहेका जयसवाललाई पार्टीले टिकट नदिएपछि उनी काउली चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका थिए । सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष एंव जसपा नेता प्रदीप् जयसवालका सहोदर दाजु समेत रहेका जयसवाल चुनाव जितेपछि जसपामा प्रवेश गरेको समाचार प्रकाशित भएको थियो ।तर गत चैतमा शिक्षामन्त्री बन्ने बेला उनी एमालेमा प्रवेश गरेर मन्त्री पद पड्काउन सफल भएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily