Aadarsh-Daily

रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवन शिलान्यास

ad-4p

महुवन । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवनको शिलान्यास भएको छ । सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले एक कार्यक्रमबिच आज भवनको शिलान्यास गरेका हुन् ।

content ad p2
content left

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले मानवीय सेवा कार्यमा आफू हरदम लागिपर्ने जानकारी दिए । भवन निर्माणपश्चात मानवीय सहायताको काममा थप मद्दत पुग्ने उनको विश्वास छ । यस्तै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले विपत् व्यवस्थापनमा सक्रिय भइ जुट्न सबैलाई आग्रह गरे । स्थानीय स्तरमा रक्तदान कार्यक्रमको आयोजना गर्न तथा विपत्को तयारीमा यो भवनले सहयोग भुमिका निर्वाह गर्ने विश्वास उनको छ ।

पालिकाले रेडक्रसको भवन निर्माण कार्य अगाडी बढाएकोमा जिल्ला शाखाका तर्फबाट उनले धन्यवाद समेत दिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा महवुनका सभापति जदु साहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य महादेव शाह, समाज सेवी बिपिन रौनियार, गौरी यादव, झोटी शाह, कन्हैया शाह, राजेश दहैत लगायतको उपस्थिति रहेको थियो ।

भवन सखुवाप्रसौनी गाउँपालिकाले उपलब्ध गराएको २५ लाख रुपैँयाको बजेटमा निर्माण गरिनेछ । भुई तल्लामा दुई वटा कोठा र माथी हल भएको भवन बनाइने सभापति जदु साहले बताए ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily