

बुधबार नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे नेपाल र श्रीलंकाको खेल सुरु हुनेछ। समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

