Aadarsh-Daily

पर्साको ठोरी गाउँपालिकामा माेटरसाइकल अटाेमा ठाेक्किदा एक युवककाे मृत्यु

ad-4p

पर्सा । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सानोबाघमोर्चास्थित हुलाकी सडकमा मंगलबार दिउँसो मालवाहक अटाेमा माेटरसाइकल ठाेक्किएर भएकाे दुर्घटनामा एक युवककाे मृत्यु भएको छ ।

content ad p2
content left

मृत्युु हुनेमा ठाेरी-२ सुन्दरबस्तीका २५ बर्षिय राेशन खवास रहेकाे प्रहरीले जनाएको छ।वीरगन्जबाट ठोरी जाँदै गरेको ना ५९ प ६३९२ नम्बरको मोटरसाईकल मधेस प्रदेश ०३-००२ स ७६४ अटोमा ठाेक्किएकाे थियाे ।दुर्घटनामा गम्भीर घाइते भएका माेटरसाइकल चालक खवासकाे वीरगन्जस्थित स्पर्श मल्टिस्पेसलिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरी चौकी विजयबस्तीका प्रहरी सहायक निरीक्षक धर्म उप्रेतीले जानकारी दिए।

हुलाकी सडकमा तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर अटोमा ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिए।अटो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी सहायक निरीक्षक उप्रेतीले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily