Aadarsh-Daily

मधेश प्रदेशमा नीति तथा कार्यक्रमअघि विश्वासको मत लिनुपर्छ : जितेन्द्र सोनल

ad-4p

वीरगञ्ज । मधेसको विपक्षी दल लोसपाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नीति तथा कार्यक्रम ल्याउनअघि विश्वासको मत लिनुपर्ने बताएको छ ।

content ad p2

लोसपाका मधेश प्रदेश अध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलले सरकारले नीतिगत निर्णय गर्नुअघि विश्वासको मत धारणा राखेका हुन् ।

सोनलले नीतिगत रुपमा महत्वकांक्षी दीर्घकालीन योजनासमेत नीति तथा कार्यक्रममा हुने भएकाले प्रदेशसभाबाट अनुमोदित सरकारले मात्र नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्ने तर्क गरे ।

content left
‘नीति तथा कार्यक्रममा वार्षिक, बहुवार्षिक र दीर्घकालीन सबै प्रकृतिको महत्वकांक्षी र गौरवका आयोजना तथा नीतिगत कुराहरु समेटिएको हुन्छ,’ उनले भने,‘ मैले मुख्यमन्त्रीजीलाई पहिला विश्वासको मत लिनु अनि मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएँ । तर, उहाँ मान्नु भएन ।’

सोनलका अनुसार प्रतिनिधिसभामा कांग्रेसको अवरोध र विरोधलाई समाधान गरि मात्र संघीय नीति तथा कार्यक्रम र बजेट आएको, नीति तथा कार्यक्रम ल्याउनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिए ।

मधेश प्रदेश सरकारले भने मंगलबार अपरान्ह नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री सिंहले दलका सचेतकसँग मंगलबार बिहान गरेको छलफलमा पनि विपक्षी दलले विश्वासको मत लिएर मात्र नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily