Aadarsh-Daily

वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरुमा फेरि तीन दिनका लागि गर्मी विदा दिने गर्ने निर्णय

ad-4p

वीरगन्ज । तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर जनजिवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरुमा फेरि तीन दिनका लागि गर्मी विदा दिने गर्ने निर्णय गरेको छ ।

content ad p2

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेष्ठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेक हो ।

content left

यसअघि महानगरपालिकाले यहि जेष्ठ १६ देखि १८ गतेसम्मपनि विद्यालयहरुमा गर्मी विदा दिएको थियाे।

बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले एक सुचना जारी गर्दै हाल गर्मी बढिरहेकाे र अबका केहिदिन अझ गर्मी बढ्ने माैसम विभागकाे पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाकाे स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरुम जेष्ठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।

पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो जेष्ठ महिना सुरु भए यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियससम्म पुगेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily