

वीरगंज – पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिहरुले फोहर व्यवस्थापनमा गैर जिम्मेवार रहेको नगरबासीले गुनासो गरेका छन ।
बहुदरमाई नगरपलिका वडा नम्बर २ को सिसियाडी टोलमा रहेको नाला सफाई गरी राखिएको हिलोसहितको फोहर हप्तौ दिन बितिसक्दा पनि नगरका जनप्रतिनिधिले व्यवस्थापन गर्न नसकेको नगरबासिहरुले गुनासो गरेका हुन् ।
केहि हप्ता अगाडी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत नाला सफाई भएको थियो तर हिलोसहितको फोहर व्यवस्थापन हुन् नसक्दा फेरी नाला फोहर हुन थालेको छ ।

फोहर नालामा खसेर जाम भएपछी लामखुट्टेको समेत प्रकोप बढेको वडाबासिहरु बताउछन उनीहरू बढ्दो गर्मीमा नालामा भएको लामखुट्टेको टोकाईबाट नराम्रोसँग प्रभावित भएका छन
यसैगरी आजबाट सुरु भएको मनसुन र आईतबारदेखि हुने बर्षाले गर्दा जाम भएको नालाले पानि बग्न नसकी घरमा पस्ने स्थानीयमा त्रास छ ।
वडा नम्बर दुईका वडाध्यक्ष जितेन्द्र पटेलले भोलि वा पर्सिमा फोहर हटाई दिने बताउनुभयो तर फेरी उहाले फोर स्थानीयले नै गरेको दावी गर्नुभयो ।
स्थानीय आफै नाला सफा गर्नसक्ने नकस्ने भनेर प्रश्न गर्दै उहाँले फोहर गर्ने स्थानीयले नाला आफै सफा गर्नुपर्ने बताउनुभयो ।
व्यवस्थापनमा खटिएका कर्मचारी विरामी भएको र उपचारको लागी बाहिर गएको हुदा फोहर व्यवस्थापनमा ढिलाई भएको स्विकार्नु भयो ।
तर स्थानीयले भने झैँ नालाको फोहर हप्तौ दिनदेखि सफाई गरी यहाँ नराखिएको दावी गर्नुभयो

यता बहुदरमाई नगरपालिकाका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक दिनेश महत्तोले पालिकामा ट्याकटरको अभाव भएको हुदा त्यहाबाट फ्याक्न ढिलाई भएको बताउनुभयो ।
नाला सफा गरी लामखुट्टे मार्ने औषधि नछर्कीए बढ्दो लामखुट्टेको प्रकोपले मलेरिया , डेंगु , कलाजरो लगायतका स्वास्थ्य समस्या निम्त्याउन सक्ने तर्फ वडाबासि चिन्तित छन ।


