Aadarsh-Daily

जसपा नेपालको महाधिवेशन व्यवस्थापन झुर

ad-4p

जनता समाजवादी पार्टी नेपालको एकताको राष्ट्रिय महाधिवेशन तीन दिनदेखि जनकपुरधाममा चलिरहेको छ । यस महाधिवेशन अन्तर्गत बुधबार जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन हुनुपर्नेथ्यो ।

content ad p2
content left

निर्वाचन समितिले निर्वाचन हुनु अघि सार्वजनिक गर्नुपर्ने मतदाता नामावली, उम्मेदवारी दर्ता, उम्मेदवारी उपर दाबी विरोध, अन्तिम उम्मेदवारको नामावलीसहितका कार्यतालिका रहे पनि अहिलेसम्म निर्वाचनको अन्तिम सूचना सार्वजनिक नगर्दा सहभागी प्रतिनिधिहरुसमेत अन्योलमा छन् ।
जसपा नेपालको महाधिवेशन व्यवस्थापन झुर हुँदा निर्वाचनका लागि अन्तिम उम्मेदवारहरुको नामावली निर्वाचन समितिले सार्वजनिक गर्न नसकेको प्रति प्रतिनिधिहरु आक्रोशित छन् ।

महाधिवेशनको बन्द सत्रदेखि निर्वाचनसमेत व्यवस्थापन समितिले सहज, सुलभ र व्यवस्थित गर्न नसक्दा जसपा नेपालको महाधिवेशनको सम्पूर्ण व्यवस्थापनमाथि नै प्रश्न खडा भएको नाम नबताउने सर्तमा एक केन्द्रीय नेताले बताए । उनले अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भइसकेपछि अन्य पदाधिकारीदेखि केन्द्रीय सदस्यमा कसलाई ल्याउने सो विषयमा अध्यक्षले नै निर्णय गर्न सक्ने भएकै कारण निर्वाचनदेखि महाधिवेशन स्थल र निर्वाचन समितिले गर्नुपर्ने निर्वाचन स्थलको व्यवस्थापनमा समेत व्यापकरुपमा कमीकमजोरी देखिएको आरोप लगाए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily