

वीरगंज – पर्साका बहुदरमाई नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने पिपराका नाला सफाई नहुदा स्थानीयबासीलाई सास्ती भएको छ ।बहुदरमाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद यादव र २ का वडाध्यक्ष जितेन्द्र पटेलले उक्त नालाको क्षेत्र मेरो क्षेत्राधिकारमा नपर्ने बताएका छन ।

नाला जामहुदा पानि स्थानीयको खेतमा बग्न थालेको छ । नालाको पानि खेतमा बग्न थालेपछी उनीहरुको बालीनालीमा समेत क्षति पुगीरहेको पाईएको छ । यसैगरी फोहर नालामा बढ्दो लामखुट्टेको प्रकोपले मलेरिया , डेंगु , कलाजरो लगायतका स्वास्थ्य समस्या निम्त्याउन सक्ने तर्फ पिपराबासि चिन्तित छन । आफ्ना यी दुई जनप्रतिनिधिले जिम्मा नलिदा आफुहरुलालाई अति नै सास्ती परेको उनीहरुको तर्क छ ।

उनीहरुले आफ्ना समस्या कसले समाधान गर्ने र कसले नाला सफाई गराउने भनेर प्रश्न गरेका छन । वडाध्यक्षहरु जिम्मा लीईरहेका छैन्न भने पालिका प्रमुखले कुनै वास्ता नगरेको बताउदै पिपराबासीले यो कसको क्षेत्राधिकारमा पर्ने हो भनेर सोधेका छन । यता बहुदरमाई नगरपलिकाका मेयर सिंगासन साहलाई फोन गर्दा फोन उठाउनु भएन भने नगरका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले भोलिसम्म सफाई गरिसक्ने जिकिर गर्नुभयो ।


