Aadarsh-Daily

स्वास्थ्य क्षेत्रमा रहेका बेथिति रोक्न सबैले लाग्नुपरछ :मन्त्री यादव

ad-4p

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा रहेका बेथिति रोक्न सबैले लाग्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षणपछि आयोजित अन्तरक्रियामा उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बेथिति रोक्न काम सुरू गरिसकेको बताएका हुन् ।

content ad p2

उनले चिकित्सक व्यवस्थापन, सरुवा, अस्पतालका नाममा रहेका जग्गाको अपचलनलगायतका समस्या समाधान गर्न आवश्यक रहेकामा जोड दिँदै उनले यसमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए । उनले भने, “चिकित्सकको असमान उपस्थिति छ ।

content left

कुनै अस्पतालमा विशेषज्ञ नै विशेषज्ञ चिकित्सक छन् तर कुनै ठाउँमा चिकित्सक नै छैनन् । त्यसलाई रोक्न लागेको छु । मैले कसैको दबाबमा नपरी आवश्यकताअनुसार सरुवालगायत कर्मचारी व्यवस्थापनका काम गर्नेछु ।”
मन्त्री यादवले भरतपुर अस्पतालले प्रदान गरिरहेका सेवाको प्रशंसा गर्दै अस्पताललाई चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबिएस) को पढाइ तत्काल सुरु गर्नसमेत निर्देशन दिए । अस्पतालका नाममा रहेको जग्गा फिर्ताका लागि मन्त्रालयले काम सुरु गरिसकेको बताउँदै उनले कामले पूर्णता नपाउँदासम्म भाडाको भवन भए पनि कक्षा सञ्चालन गर्नुपर्ने बताए ।
त्यसअवसरमा प्रतिनिधिसभा सांसद हरि ढकालले अस्पतालको समस्या समाधान र विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने बताए । यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अस्पतालको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले सङ्घीय अस्पतालका रुपमा रहे पनि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या रहेको बताए । उनले आवश्यक उपकरण र कर्मचारी व्यवस्थापन भएमा थप प्रभावकारीरूपमा सेवा प्रवाह गर्न सकिने भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालको अवस्था र विकासका लागि आवश्यक पक्षका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily