Aadarsh-Daily

पार्टीलाई संगठन र कार्यकर्ताको महसुस भयो : स्वर्णिम वाग्ले

ad-4p

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता महसुस भएको बताएका छन् ।

content ad p2
content left

शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘ तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोलटोलमा, वडा वडामा साथीहरु नै भएनन् ।’

संगठन र कार्यकर्ता नहुँदा समुदायसम्म पुग्न कठिन भएको अनुभव उनको छ । यसको पछिल्लो उदाहरण तनहुँ र इलामको उपनिर्वाचन भएको बताए । तर, पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको उनको भनाइ छ ।
उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको दाबी पनि गरे ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily