Aadarsh-Daily

नेपाल टी–२० विश्वकपमा भोलि बंगलाादेशसंग खेल्दै

ad-4p

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले (भोलि)सोमबार बिहान बंगलादेशको सामना गर्दैछ ।

content ad p2
content left

समूह बी मा रहेका यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नोस भेल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार भोलि बिहान सवा ५ बजेबाट सुरु हुनेछ ।

नेपाल र बंगलादेश टी–२० मा दोस्रो पटक खेल्न लागेका हुन् ।यसअघि सन् २०१४ मा बंगलादेशमा नै आयोजना भएको टी–२० विश्वकपमा नै नेपाल र बंगलादेशबीच भएको खेलमा बंगलादेशले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले हराएको थियो ।नेपालले टेस्ट मान्यता पाएको राष्ट्रविरुद्ध खेलेको त्यो नै पहिलो टी–२० आई खेल रहेको थियो ।

जारी टी–२० विश्वकपमा नेपाल गत शुक्रबार दक्षिण अफ्रिकासंग १ रनले हारेपछि प्रतियोगितताबाट बाहिरिइसकेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily