
बन्दी सुधारगृह (वीरगंज कारागार)मा कैदीबन्दीभन्दा थुनुवाको सङ्ख्या बढी रहेको छ। बन्दी सुधारगृह वीरगंजका प्रमुख विनय श्रीवास्तवले कारागारमा महिला र पुरुष कैदीहरूमध्ये थुनुवाहरूको सङ्ख्या बढी रहेको बताए।
उनले पुरुष बन्दीगृहमा ६७१ जना कैदीबन्दी रहेका र अदालतबाट पुर्पक्षका लागि थुनामा रहेकाको सङ्ख्या ७३३ रहेको बताए। यसैगरी, महिलातर्फ ३१ जना कैदीबन्दी रहेका र ३२ जना पुर्पक्षका लागि थुनुवामा रहेको उनले जानकारी गराए। उनले महिला र पुरुष कैदीबन्दी थुनुवाहरूको सङ्ख्या सुधारगृहको क्षमताभन्दा बढी रहेको बताए।


