
वीरगंज भन्सार कार्यालयले गत आवको तुलनामा चालू आवमा पनि लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। वीरगंज भन्सारले गत आव २०७९/८० मा लक्ष्यको कम्तीमा ५०.३० र बढीमा ८५.५० प्रतिशतसम्म राजस्व सङ्कलन गरेको थियो। तर चालू आवमा कम्तीमा ५०.५३ र बढीमा ७५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी राघवलाल कर्णले गत आवको मङ्सिरमा सबैभन्दा कम राजस्व सङ्कलन भएको बताए। उनले सो अवधिमा २१ अर्ब ६९ करोड ४२ लाख ४५ हजार मासिक लक्ष्य रहेकोमा १० अर्ब ९० करोड ६० लाख ५६ हजार मात्र राजस्व सङ्कलन भएको बताए। यसैगरी गत आवमा सबैभन्दा बढी साउनमा १५ अर्ब २० करोड सात लाख ५५ हजार लक्ष्य रहेकोमा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार राजस्व सङ्कलन भएको बताए।


