Aadarsh-Daily

सांसद हजराको माग बाढी पहिरोमा गुमाएकाहरुको परिवारलाई क्षतीपूर्ती दिनुपर्ने

ad-4p

वीरगञ्ज । बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई क्षतीपूर्ती दिनुपर्ने प्रतिनीधि सभा सदस्य प्रभु हजराले माग गरेका छन् ।

content ad p2
content left

प्रतिनिधी सभाको सोमवारको बैठकमा शुन्य समयलाई सम्बोधन गर्दै उनले बाढी पहिरोमा परेर ज्यान गुमाएका मध्ये आधा भन्दा बढी दलित समुदायका भएकोमा चिन्ता व्यक्त गरे ।

जनता आवास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरेर घरवार बिहिन दलित समुदायलाई पक्की घर निर्माण गर्ने कार्यलाई तिव्रता दिनुपर्नेमा उनले जोड दिए ।

सातै प्रदेशमा जनता आवास कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी रुपमा सञ्चालन नहुँदा सुरक्षित आवासको अभावमा ज्यान गुमाउनु परीरहेको उनको भनाई छ । अनुगमन टोली बनाएर सबै ठाउँमा अनुगमन गरी जनता आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले माग गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily