Aadarsh-Daily

सांसद हजराको माग बाढी पहिरोमा गुमाएकाहरुको परिवारलाई क्षतीपूर्ती दिनुपर्ने

ad-4p

वीरगञ्ज । बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई क्षतीपूर्ती दिनुपर्ने प्रतिनीधि सभा सदस्य प्रभु हजराले माग गरेका छन् ।

content ad p2
content left

प्रतिनिधी सभाको सोमवारको बैठकमा शुन्य समयलाई सम्बोधन गर्दै उनले बाढी पहिरोमा परेर ज्यान गुमाएका मध्ये आधा भन्दा बढी दलित समुदायका भएकोमा चिन्ता व्यक्त गरे ।

जनता आवास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरेर घरवार बिहिन दलित समुदायलाई पक्की घर निर्माण गर्ने कार्यलाई तिव्रता दिनुपर्नेमा उनले जोड दिए ।

सातै प्रदेशमा जनता आवास कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी रुपमा सञ्चालन नहुँदा सुरक्षित आवासको अभावमा ज्यान गुमाउनु परीरहेको उनको भनाई छ । अनुगमन टोली बनाएर सबै ठाउँमा अनुगमन गरी जनता आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले माग गरेका छन् ।

सम्बन्धित खबर

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily