Aadarsh-Daily

नेपाल प्रेस युनियन पर्सा शाखा नेपाल पत्रकार महासंघविरुद्ध धर्नामा

ad-4p

वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले धर्ना सुरु गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखा अगाडी युनियन पर्साले धर्ना सुरु गरेको हो ।

content ad p2
content left

नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुङगो नलगाइ विधानविपरीत जबरजस्ती निर्वाचन गर्न खोजेपछि प्रेस युनियन केन्द्रीय कार्यालयले आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम धर्नामा उत्रिएको प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानले जनाए ।

उनका अनुसार कार्यक्रम अन्र्तगत आज २ घण्टा पत्रकार महासंघ पर्सा शाखा अगाडी धर्नामा बस्नेछ । धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी र निलिमा पौडेल, प्रेस युनियन पर्सा शाखा अध्यक्ष चौहानसहित, उपाध्यक्षद्वय क्रान्ति साह, अलि असगर देवान, सदस्यहरु राहुल गुप्ता, उदय दास थारु लगायतको उपस्थिती रहेको छ ।

त्यसअघि यहि असार १५ शनिबार नेपाल प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ पर्सामा तालाबन्दी गरेको थियो । सदस्यता जस्तो विषयमा पत्रकार महासंघको केन्द्रीय कार्यालयबाट खेलाँँची गरिएको र मनपरी भइरहेको भन्दै त्यस्ता त्रुटिहरुलाई सुधार गर्न प्रेस युनियनले माग गरेको छ ।

त्रुटि नसच्चयाएसम्म आन्दोलन जारी रहने नेपाल प्रेस युनियन पर्सा शाखाले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily