Aadarsh-Daily

पर्सामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु

ad-4p

वीरगञ्ज ,१७ असार। पर्सामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । वीरगञ्जसंग सीमा जोडिएको गण्डकचोकमा एस्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा महानगरको वडा नम्बर २८ की ३५ वर्षीया गीता देबी रहेकी छन् । परवानीपुरबाट बीरगन्जतर्फ आइतबार साँझ आउँदै गरेको मधेश प्रदेशको ०३–०२७ प ८०९३ नम्बरको स्कुटरले ठक्कर दिँदा देबी गम्भीर घाइते भएकी पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने चालकलाई थप अनुसन्धानको लागि बारा जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

content ad p2
content left

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily