Aadarsh-Daily

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

ad-4p

। दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले सिनेमा हलहरुमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले रिलिजको एक सातासम्म तीव्र गतिको कमाइ गरिरहेको छ ।

content ad p2

नाग अश्विन निर्देशित फिल्मले सकारात्मक समीक्षा पनि पाइरहेको छ । फिल्ममा प्रभासका साथै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको शीर्ष भूमिका छ ।

content left

पहिलो सप्ताहन्त जसरी प्रभासको तेलुगू फ्यान फलोइङका ‘कल्की २८९८ एडी’ ले उछाल कमाइका साथ ओपनिङ गरेको थियो, आइतबारयता यसको हिन्दी भर्सनको कमाइ उच्च छ । हिन्दी भर्सनमा तेलुगूको भन्दा बढी कलेक्सन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो तीन दिनमा तेलुगू भर्सनमा १२८.९ करोड भारु कमाएको थियो । जबकि तीन दिनमा हिन्दी भर्सनको नेट कलेक्सन ७१.५ करोड रह्यो । आइतबार हिन्दी भर्सनमा ४० करोड र तेलुगूमा ३८.८ करोड कमाइ गर्‍यो । त्यसयता हिन्दी भर्सनको कमाइ लगातार बढिरहेको छ । सोमबार तेलुगूमा १४.५ रहँदा हिन्दीमा १६.५ रह्यो । मंगलबार फिल्मको हिन्दी भर्सनले १३.७ करोड कमाउँदा तेलुगूले १०.६ कमाइ गर्‍यो ।

पछिल्ला तीन दिनमा ‘कल्की’ ले तेलुगू भर्सनमा ६३.९ करोड र हिन्दी भर्सनमा ७०.२ करोड भारु कमाइ गरेको छ । हिन्दी भर्सनमा हालसम्म १४१.७ करोड कमाउँदै ‘कल्की’ यस वर्षको दोस्रो हिट हिन्दी फिल्म बनेको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily