Aadarsh-Daily

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं : गौतम

ad-4p

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संसदीय व्यवस्था र निर्वाचन प्रणालीले मुलुकलाई गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

content ad p2

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका हुन् ।

content left

उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरू अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्वन गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ ।’

गौतमले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधि सभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरूको एकै दिन निर्वाचन गर्नुपर्ने बताए । उनले भने, ‘यसो गरेमा नेपालको समृद्धि सुरु हुन्छ ।’

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily