Aadarsh-Daily

अपडेट : गणपती डिलक्स बसलाई पहिरोले बगाउँदा तीन जनाले ज्यान जोगाए

ad-4p
content left

रौतहट । काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन्। ती यात्रुहरु रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेका छन्। उद्धार गरिएका ती यात्रुहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाई नारायणगढ पुर्‍याइएको छ।
सिसवा धमौराका एक यात्रुले अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा घटनाबारे बताएका छन्। उनका अनुसार बस खस्न थालेपछि आफूले क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन्। अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन्। ती यात्रुले आफू क्याबिनमा चार जना यात्रुसँगै रहेको र झोलासहितका सामान बेपत्ता भएको बताएका छन्।

content ad p2

आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोमा परेका थिए।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ। यद्यपि, यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन। पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily