Aadarsh-Daily

जापान जाने सपना बोकेर हिडेकी मिष्टिको जीवन त्रिशुलीमा मिसियो

ad-4p

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ की मिष्टि यादव पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा रेडियो ग्राफरको रुपमा करारमा कार्यरत रहेकी थिईन् ।

content ad p2

उनी जापान जाने तरखरमा थिईन् । उनको पारिवारिक श्रोतका अनुसार जापानको सैनिक अस्पतालमा आवेदन दिएकी उनी सोही परीक्षा दिनका लागि वीरगन्जबाट काठमाडौं जाने एञ्जल डिलक्स प्रालिको बसमा गएराति सवार थिईन् । तर, उनको जापान पुग्ने सपना काठमाडौं पनि नपुगी बीच बाटो मै तुहियो ।

content left

शुक्रबार बिहानै मिमिरे बिहानी नहुदै नारायणढ–मुग्लिन सडकखण्डको पहिरोले बगाएको बससँगै उनी सहित २१ जना यात्रु त्रिशुलीमा बेपत्ता भएका छन् । जापान जान परीक्षा दिन हिडेकी मिष्टिको जीवन त्रिशुलीको धमिलो पानीमा मिसिएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का जगदीश यादव छोरी मिष्टिलाई पढाउन, लेखाउन र भविष्य बनाउनका लागि जीतपुर सिमरा स्थित निजी किटनासक औषधिको बजार व्यावस्थापकको रुपमा काम गर्छन् । छोरीलाई जापान पठाएर परिवारमा खुशी साट्न चाहेका जगदीशको चाहनापनि दैवले खोसेर लगेको छ ।

सिमलतालमा भएको दुखद दुर्घटनाले अहिले सिंगो देश शोकमा डुबेको छ । देशभर मनसुनसँगै परेको अविरल बर्षा र त्यसपछि गएको बाढी पहिरो र डुबानले कयौले ज्यान गुमाउनु परेको छ । परिवार आफन्त नातेदारहरु गुमाउन परेको छ । अहिले बेपत्ता परिवारहरु निकै चिन्तित बनेका छन् ।

खोजी र उद्दारमा खटिएकाहरुले पनि प्रयास मात्रै जारी राखेका अहिलेसम्म केही सफलता हात पार्न नसकेको खबरहरु आईरहेका छन् । कलैया ६ का जगदीश छोरीको अवस्था बुझ्न बिहानै घटनास्थलतर्फ गएको उनका नजिकका साथीहरुले बताएका छन् ।

  रेस खबर 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily