Aadarsh-Daily

यात्रु र बसको खोजी पुनः सुरु

ad-4p

चितवन । नारायणगढ — मुग्लिन सडक खण्डको सीमलतालबाट हिजो त्रिशूलीमा बगाएको दुई बस तथा बसमा सवार यात्रुको खोजी कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट हिजोकै संख्यामा जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको छ ।

content ad p2
content left

त्यसैगरि खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि बिहानैदेखि बस र त्रिशूलीमा हराइरहेका कम्तिमा ५० यात्रुको खोजीमा लागेका हुन् । आज सार्वजनिक विदा परेको कारण जिल्ला स्थित सुरक्षा तथा विपत् व्यवस्थापनको टोलीले अझ पूर्ण रुपमा खोजी तथा उद्दारमा लाग्ने डिएसपी रिजालले जानकारी दिए ।

हिजो बिहान साढे ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सीमलतालमा आएको लेदोसहितको बाढीले गुडिरहेको दुई बस बगाएको थियो । बगाएका दुई मध्ये एउटा बस बीरगञ्जबाट काठमाडौँ जाँदै गरेको र अर्को बस काठमाडौँबाट गौरतर्फ जाँदै गरेका थिए ।
दुई बसमा गरेर ५० जना बढी यात्रु रहेको जानकारी आएपनि चालक र सहचालकसहित नै बस बगाएको कारण सबैको पहिचान र यात्रुको संख्या अझै यकिन हुन सकेको छैन ।

हिजो बिहानदेखि साँझसम्म १४ घण्टाबढी गरिएको खोजी तथा उद्धारबाट पनि बस र यात्रुको उद्धारमा कुनै प्रगति हुन सकेन । लगातारको वर्षाका कारण त्रिशूली नदीमा उच्च बहाब रहेको छ भने पानी पनि धमिलो भएको कारण उद्धारबाट प्रगति आउन नसकेको चितवन प्रहरी प्रवक्ता डिएसपी रिजाल बताउँछन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily