Aadarsh-Daily

विवाह बन्धनमा बाँधिए अनन्त अम्बानी

ad-4p

एसियाकै धनी व्यापारी मुकेश अम्बानीका कान्छो छोरा अनन्त राधिका मर्चेन्टसँग विवाह बन्धनमा बाँधिएका छन् । वरमालापछि शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो ।

content ad p2
content left

जन्ती शुक्रबार साँझ ४ः३० बजे एन्टिलियाबाट निस्किएको थियो र जियो वर्ल्ड सेन्टर पुगेको थियो । विवाह स्थलमा पुगेपछि प्रियंका चोपडा, शाहरुख खान, सलमान खान, रजनीकान्त, पहलवान जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपूर लगायत धेरै सेलेब्रिटी नाचेका थिए । कार्यक्रममा श्रेया घोषाल, सोनु निगम लगायत धेरै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

विवाहमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, पूर्व यूपी मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत भारत र विदेशका २ हजारभन्दा बढी सेलिब्रेटी र नेताहरु सहभागी भएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily