Aadarsh-Daily

चितवनको नारायणी नदीमा एक जना पुरुषको शव फेला

ad-4p

चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नंबर २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ । नारायणी नदीको बाढीले पुरिएको अवस्थामा शव फेला परेको हो । मृतक व्यक्तिको पहिचान खुलेको छैन ।

content ad p2
content left

उक्त शव नारायणी नदीको पानीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त शव त्रिशुली नदीमा बेपत्ता भएका बसको यात्रु हो वा होइन भन्ने विषयमा यकिन भएको छैन।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुृचुल्का बनाएर शव उठाउने प्रकृया सुरु भएको जानकारी दिए ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily