Aadarsh-Daily

पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट २० केजी चरेस बरामद

ad-4p

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ देउरियाबाट ठूलो परिमाणमा लागू औषध चरेस प्रहरीले बरामद गरेको छ ।देउरियाबाट कअवा जाने सडक छेउको खेतमा बेवारिसे अवस्थामा बोराभित्र राखिएको २० किलोग्राम चरेस प्रहरीले सोमबारराति बरामद हो ।

content ad p2
content left

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीको गस्ती टोलीले सडक छेउको खेतमा बेवारिसे अवस्थाममा रहेको बोराबाट २० केजी चरेस बरामद गरेको प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिए।

खेतमा बेवारिसे अवस्थामा भेटिएको चरेस कसले र किन राखेको भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीिक्षक दीपक भाारतीले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily