Aadarsh-Daily

वीरगञ्जमा भन्सार छलिका १७ लाख ६६ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा

ad-4p

वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले १७ लाख ६६ हजार ४२५ रुपैयाँ बराबरको अवैध तथा भन्सार छलिका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गरेको छ।

content ad p2
content left

सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज १६ भन्सार क्षेत्र र अन्य विभिन्न नाकाहरूबाट अवैध रूपमा भारतबाट भन्सार छलिका किराना, कपडा, मोटर पार्ट्स, हार्डवयर, जुत्ता/चप्पल, स्याउ, खजुर, र सामान्य औषधि बरामद गरेको हो।

यसमा प्रयोग भएका १० वटा साइकिल पनि नियन्त्रणमा लिइएको छ। साइकिलसहित उक्त सामानको मूल्यांकन १४ लाख ४७ हजार ६१५ रुपैयाँ गरिएको छ।
यस्तै, प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएका प्रहरी टोलीले वीरगञ्ज बाइपास रोडको एक गोदामबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका मल पनि बरामद गरेको छ।

विशेष सूचनाको आधारमा रीमा अग्रवालको घरको दोस्रो तल्लामा भगवान यादवले गोदाम गरी राखेका मोनोजिंक मल ८९६ किलो र बोरा सिलाउने मेसिन नियन्त्रणमा लिई ३ लाख १८ हजार ८०० रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily