Aadarsh-Daily

त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार

ad-4p

चितवन । चितवनकाे सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका-२ जमुनियाका एक‌ै परिवारका तीन जना मध्ये शव भेटिएकी युवती प्रभा चा‌धरीकाे बुधबार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

content ad p2
content left

२४ बर्षिया प्रभाकाे शव दुर्घटनास्थलबाट १०३ किलाेमिटर दुरीकाे स्थान नवलपुरमा मंगलबार भेटिएकाे थियाे ।उनिसंगै बसमा सवार उनका बुबा ५८ बर्षिय हृदयनारायण चाैधरी र आमा ५३ बर्षिया भगवती देवीकाे अवस्था भने अझैसम्म अज्ञात छ। मंगलबार भेटिएकाे प्रभाकाे शव भरतपुर अस्पतालमा पाेष्टमार्टम गरेपछि बुधबार चितवनकाे देवघाटमा हिन्दु परम्परा अनुसार गरिएको हाे।प्रभाकाे शवमा उनका दाजु ओमप्रकाश चाैधरीले दाग बत्ती दिएका हुन् ।

देवघाटमा गरिएको अन्तिम दाहसंस्कारमा प्रभाका दाजुभाइ,परिवारका अन्य सदस्य,आफन्त,गाँउले, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, लेखा अधिकृत,कर्मचारी लगायतपनि सहभागी थिए । प्रभा,उनका बुबा हृदयनारायण र आमा भगवती देवी तीनै जना आमा भगवती देवीकाे उपचार गराउन गत बिहीबार राति वीरगन्जबाट एन्जल डिलक्स बस चढेर काठमाडौं जाँदै गरेका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily