Aadarsh-Daily

त्रिशुलीमा परेका सखुवा प्रसाैनीका पाँचै जनाका परिवारलाई गाँउपालिकाले १/१ लाख दिने अध्यक्ष यादवकाे घाेषणा

ad-4p

वीरगन्ज । चितवनकाे सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्युु भएका पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरुप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन्। गाँउपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेकाे पहिराेले बगाएर त्रिशुली नदीमा खसेकाे बसमा सवार सखुवा प्रसाैनी गाँउपालिकाका ४ र महुवन स्वास्थ्य चाैकीमा कार्यरत १ सहित ५ जना परेकाे जानकारी दिदै उनिहरुका परिवारलाई जनही १/१ लाख रुपैयाँ दिने घाेषणा गरेका हुन् ।

content ad p2
content left

उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसाैनी गाउँपालिकाका एकै परिवारका तीन जनासहित पाँच जनामध्ये अहिलेसम्म एक जनाकाे मात्र शव भेटिएको छ।वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे एन्जल बसमा सवारमध्ये सखुवा प्रसाैनी-२ जमुनियाकी २४ बर्षिया प्रभा चाैधरीकाे शव दुर्घटनास्थलबाट १०३ किलाेमिटरकाे दुरीमा बुधबार भेटिएको थियाे । उनकाे बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ।बसमा सवार उनका बुबा हृदय नारायण चाैधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ।उनिहरु तीनै जना आमा भगवती देवीकाे उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै गरेका थिए।

यस्तै एन्जल बसमै सवार सखुवा प्रसाैनी गाँउपालिकाकै वडा नम्बर ३ का २२ बर्षिय रैफुल आलम र सखुवा प्रसा‌नी-५ महुवनकाे स्वास्थ्य चा‌ैकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवकाेपनि अहिलेसम्म शव फेला पर्न सकेकाे छैन ।आलम र यादव एउटै स्वास्थ्य चाैकीमा कार्यरत थिए । यसअघि उक्त दुर्घटना भएकै दिन गत शुक्रबारपनि खबर पाए लगत्तै गाँउपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खाेजी र उद्दार कार्यकाे जानकारी लिएका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily