Aadarsh-Daily

सखुवा प्रसौनीका ५ परिवारलाई राहतस्वरूप १/१ लाख रुपैयाँ दिने अध्यक्ष यादवकाे घाेषणा

ad-4p

वीरगञ्ज । चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ५ जनाका परिवारलाई गाउँपालिका कार्यालयले राहत स्वरूप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

content ad p2

गाउँपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका ४ र महुवन स्वास्थ्य चौकीमा कार्यरत १ सहित ५ जना परेको जानकारी दिँदै, उनीहरूका परिवारलाई जनही १/१ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जनासहित पाँच जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव भेटिएको छ।

content left

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवारमध्ये सखुवा प्रसौनी-२ जमुनियाकी २४ वर्षीय प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दुरीमा बुधबार भेटिएको थियो। उनको बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ।

बसमा सवार उनका बुबा हृदय नारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ। उनीहरू तीनै जना आमा भगवती देवीको उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै गरेका थिए।

यस्तै एन्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसौनी-५ महुवनको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्य चौकीमा कार्यरत थिए।

यसअघि उक्त दुर्घटना भएकै दिन गत शुक्रबार पनि खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खोजी र उद्दार कार्यको जानकारी लिएका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily