Aadarsh-Daily

कांग्रेसले मधेश प्रदेश सरकार चार मन्त्रालयको जिम्मेवारी लिने

ad-4p

वीरगञ्ज । मधेश प्रदेश मधेश प्रदेश सरकार आज बिस्तार हुँदैछ। नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित चार मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

content ad p2

नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालय पाउने गरी सहमति जुटेपछि मुख्यमन्त्री सिंहले रौतहटका सुनिल यादवलाई अर्थ, पर्साका जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनरायण यादवलाई उर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशल किशोर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

content left

चारै जना मन्त्रीहरुलाई आज साँझ ५ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ। कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाएको थियो।

जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो।

शपथ ग्रहण समारोहमा प्रमुख अतिथिहरु, सरकारी अधिकारीहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily