Aadarsh-Daily

सखुवाप्रसौनीमा आज शोक विदा,सिमलताल दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण

ad-4p

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आज शोक विदा दिइएको छ ।

content ad p2

चितवन भरतपुरको सिमतालमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा गाउँपालिकामा शोक विदा दिइएको गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए । उनकाअनुसार आज गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् । साथै आज नेपालको राष्ट्रिय झण्डा पनि आधा झुकाइएको अध्यक्ष यादवले बताए ।

content left

शोक विदासँगै श्रद्धाञ्जली सभा पनि सम्पन्न भएको छ । त्रिशुली नदीमा खसेको बसमा सवार सखुवाप्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जना सदस्यसहित दुई जना कर्मचारीको निधनप्रति दुःख व्यक्त गर्दै एक कार्यक्रमका बीच श्रद्धाञ्जली अर्पण गरिएको हो ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट,  पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश प्रसाद रौनियार लगायत जनप्रतिनीधि, कर्मचारी तथा स्थानीयको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily