Aadarsh-Daily

मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादव नियुक्त

ad-4p

काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ ।

content ad p2
content left

सिरहा नगरपालिका–१३ गम्हरिया घर भएका ५७ वर्षीय डा. यादवलाई बिहीबार सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

डा.यादवलाई आयोगको अध्यक्ष पदको शपथ आज गराउने तयारी गरिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश प्राप्त गरेपछि सो पद रिक्त थियो । आयोगको एक सदस्य पनि रिक्त छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily