Aadarsh-Daily

पर्साको भाथाधाममा १ लाख भन्दा बढी भक्तजनद्वारा जलार्पण

ad-4p

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिर (भाथाधाम) नामले परिचित छ । अन्य दिन भन्दा पनि साउन महिनाको सोमबार त्यहाँ जलार्पणका लागी निकै नै भिड हुने गरेको छ ।उक्त मन्दिरमा साउन महिनाको तेश्रो सोमबार १ लाख भन्दा बढी भक्तजनले जलार्पण तथा पुजा अर्चना गरि दर्शन गरेका छन ।

content ad p2

दुग्धेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूका अनुसार महिनाको तेश्रो सोमबार बिहान दुग्धेश्वर महादेवको दर्शन एवम जल चढाउनका लागि दर्शनार्थीहरु आईतबार राति देखि नै लामबद्धमा बसेका थिए । उनीहरु भाथाबाबा मन्दिर बगरबाट बग्ने नदिमा स्नान गरि जल भरेर आइतबार अबेर राती देखि नै लाईनमा बसेका थिए । तेश्रो सोमबार १ लाख भन्दा बढी दर्शनार्थीले जलार्पण गरेका थारुले बताए ।

content left

यस मन्दिरमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायत भारतका बिहार र उत्तरप्रदेश राज्यबाट समेत भक्तजन दर्शनार्थीहरु आउने गरेको उनको भनाई छ । उनका अनुसार आइतबार आउने भक्तजनहरुले रातभर महादेवको पुजा भजन आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्दछन् ।

वीरगञ्जबाट ५० किलोमिटर पश्चिम उत्तरमा विश्व प्रसिद्ध चारकोसे झाडी (जङ्गल) को बिचमा अवस्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र करिब १० किलोमिटर जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ । उक्त मन्दिरको छेउबाट एउटा नदी बगेको छ । उक्त नदिमा जडिबुटी युक्त पानी मिसिएको हुनाले त्यसमा स्नान गर्दा शरिरमा भएको चर्म रोग निको हुने जनविश्वास छ ।

पर्टेवा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दशनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताईन् । “यो पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने निकै चर्चित महादेवको भाथाधाम हो”, उनले भनिन् ।, “भारतका विभिन्न राज्यबाट यो मन्दिर दर्शन गर्न हजाराँै दशनार्थी आउने गर्छन् ।” मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दशनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ ।

राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा पर्ने भाथाधाम दुधेश्वर महादेव मन्दिर क्षेत्रलाई मधेस प्रदेश सरकारले २०७८ सालमा धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily