Aadarsh-Daily

पर्सा जिल्लामा लागू औषध चरेश सहित दुईजना पक्राउ

ad-4p

वीरगञ्ज। विशेष सुचनाको आधारमा पर्सा जिल्लामा लागू औषध चरेश सहित दुईजना पक्राउ परेका छन्।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित एरियाबाट पक्राउ परेका व्यक्तिहरु भारततर्फ जाँदै गरेका थिए। प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले जाँच अभियानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण रक्सौल वडा नम्बर १ बडा परेउवा निवासी ३५ वर्षीय अनवर आलम र मोतिहारी पूर्वी छतौना निवासी २२ वर्षीय ईम्तेयाज आलम रहेका छन्।
प्रहरी नायब उपरीक्षक दिपक भारतीका अनुसार, उनीहरुको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरेको र पछाडी भिर्ने कालो रङ्को झोलामा लुकाईछिपाई राखिएको अवस्थामा चरेश फेला परेको हो।

प्रहरीले उनीहरुको साथबाट प्रति प्याकेट ५०० ग्रामका दरले २० प्याकेटमा १० किलोग्राम चरेश बरामद गरेको छ। यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily