Aadarsh-Daily

पर्सा प्रहरीको ठुलो सफलता, १५ हजार पीस इलेक्ट्रिक चुरोट (भेप) बरामद, बजार मूल्य करिब ३ करोड

ad-4p
content left

वीरगञ्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगञ्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। वीरगञ्जको रेल्वे रोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापा मार्दै पर्सा प्रहरीको विशेष टोलीले करिब १५ हजार पीस भेप बरामद गरेको छ। बरामद गरिएको भेपको बजार मूल्य करिब ३ करोड रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ।

content ad p2


पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार, प्रारम्भमा केही मात्रामा भेप बरामद भएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको अवस्थामा ७६ कार्टुन भेप फेला परेको हो।
प्रहरी प्रमुख ढुंगेलले भने, “सुरुमा ३र४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामीले खोजविन गर्न थाल्यौं। त्यसक्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको अवस्थामा थप भेप बरामद भएको हो।”
प्रहरीका अनुसार, एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ। त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार पीस भेप हुने अनुमान गरिएको छ। यद्यपि, सबै काउन्ट गर्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily