Aadarsh-Daily

पर्सागढीका खोलाबाट अवैध गिट्टी, बालुवा उत्खनन, सरोकारवाला निकायको मौनता र मिलेमतोको आरोप

ad-4p

वीरगञ्ज । विन्ध्यवासिनी कोइलाभार साझेदारी वनअन्तर्गतका विभिन्न खोलाबाट दिनहुँ अवैध रूपमा गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थहरूको उत्खनन भइरहेको छ ।

content ad p2
content left

सरकारी निर्देशनअनुसार गत असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थहरूको उत्खननमा रोक लगाइए पनि अहिले पनि यी पदार्थहरू अवैध रूपमा उत्खनन भइरहेको तथ्य खुलेको छ ।

पर्सागढी नगरपालिकाको कर्जनिया र सिङ्गाही खोलामा रोक लागेका बेला पनि खुलेआम ग्राभेल, बालुवा, गिट्टीको उत्खनन र ट्याक्टरमार्फत ओसारपसार भइरहेको स्थानीयले जनाएका छन् । सब डिभिजन वन कार्यालय बडनिहार, छतवनटाँडी वन कार्यालय, मनवा वन कार्यालय, बडनिहार प्रहरी चौकी र मनवा प्रहरी चौकी अन्तर्गतका क्षेत्रहरूमा अवैध उत्खनन भइरहे पनि सम्बन्धित निकायहरूले कुनै पनि प्रकारको रोकटोक गरेका छैनन् । यस प्रकारको मौनता र मिलेमतोले तस्करहरूलाई खुला रुपमा कार्य गर्न प्रेरित गरेको स्थानीयहरूको आरोप छ ।

नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको अवस्थामा ग्रामीण क्षेत्रमा यी पदार्थहरूको मूल्य निकै बढेको छ । खोलाबाट अवैध रूपमा उत्खनन गरिएका गिट्टी, बालुवा, ग्राभेल र ढुङ्गाहरू पर्सागढी, बहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरमा महँगो दरमा बिक्री भइरहेको छ। यसले गर्दा पालिकाको लाखौँ राजस्व गुम्ने खतरा बढेको छ ।
यसअघि पालिका मात्र मौन देखिए पनि अहिले वन, प्रहरी र पालिका तीन वटै निकायको मौनता रहस्यमय भएको छ । तस्करहरूले आर्थिक प्रभावका कारण सम्बन्धित निकायहरूलाई आफ्नो पक्षमा पारेको स्थानीयहरूले दाबी गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily