Aadarsh-Daily

भाथा मेला हेरेर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा छिपहरमाईका एक जनाको मृत्यु

ad-4p

वीरगञ्ज । वीरगञ्जस्थित भाटा बाबाको मेला दर्शन गरी फर्कने क्रममा पर्साको जानकी टोलास्थित नहरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना जानकी टोलाको प्रहरी चौकी नजिकै नहरमा ट्याक्टर अनियन्त्रित भई पल्टिंदा भएको हो।

content ad p2
content left

मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–७, टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। प्रहरी निरीक्षक राजन ढकालका अनुसार प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई नहरमा पल्टिएको थियो, जसले गर्दा चालक प्रेम मुखियाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले घटनास्थलमा पुगेर ट्याक्टरलाई उठाउने कार्य गरिरहेको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily