Aadarsh-Daily

बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार

ad-4p

काठमाडौं । बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार आएको खबरले यतिबेला बलिउड गर्माएको छ । धेरै पहिलेदेखि यसबारे हल्ला चलिरहेको बेला थियो । केही दिनअघि सार्वजनिक एआई जेनेरेट डीपफेक भिडियोले भने यो हल्लालाई झनै बल पुग्यो ।

content ad p2

जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा अभिषेक र ऐश्वर्या छुट्टाछुट्टै पुगेका थिए । उनीहरु एक्लै बसेकाले पनि सम्बन्ध विच्छेदको खबरले गति लिन थाल्यो ।
यतिबेला एआई जेनेरेट गरिएको डीपफेक भिडियो भाइरल भएपछि अभिषेकले सम्बन्ध विच्छेदको खबरबारे मौनता तोडेका छन् । हालै बलिउड युके मिडियालाई दिएको अन्तर्वार्तामा अभिषेकले विवाहको औंठी देखाउँदै भने, ‘म अझै विवाहित छु ।’

उनले अगाडि भने, ‘मैले तपाईंहरु सबैलाई भन्नु केही छैन । तपाईं सबैले यो मुद्दालाई बढाइचढाइ गर्नुभयो । मलाई राम्रोसँग थाहा छ किन तपाईंहरु यस्तो गर्दै हुनुहुन्छ ? तपाईंले एउटा स्टोरी लेख्नुपर्छ । ठीक छ, हामी सेलिब्रेटी हौं । हामीले यसलाई सहन सक्नुपर्छ ।’

भिडियोमा अभिनेताले डिभोर्सको घोषणा गरेको देखियो

हालै सामाजिक सञ्जालमा अभिषेकको एक भिडियो भाइरल भएको छ । अभिषेक बच्चनको फ्यान पेजबाट सेयर गरिएको यो भिडियोमा उनले डिभोर्सको घोषणा गरेको देखिएको छ ।

content left

भिडियोमा उनले भनेका थिए, ‘यो जुलाईमा ऐश्वर्या र मैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौं । पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेन । तर आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’

त्यो भाइरल भिडियोलाई एआईबाट सिर्जना गरिएको हो । यदि तपाईंले नजिकबाट हेर्नुभयो भने भिडियोमा अभिषेकको लिपसिंक उनको अडियोसँग मेल खाँदैन । भिडियोलाई डिपफेक बनाउन छेडछाड गरिएको थियो । जब भिडियो भाइरल भयो, उनी पेरिस ओलम्पिक-२०२४ मा भारतीय खेलाडीलाई प्रोत्साहन गरिरहेका थिए ।

सम्बन्ध विच्छेदको खबर किन फैलियो ?

जुलाईमा अभिषेक परिवारसँग अनन्त-राधिकाको विवाह समारोहमा पुगेका थिए । रेड कार्पेटमा बच्चन परिवार उपस्थित थियो । तर ऐश्वर्या र छोरी आराध्या उपस्थित थिएनन् ।

अभिषेक आएको केही समयपछि ऐश्वर्या आफ्नी छोरीसँग रेड कार्पेटमा पुगिन् र पापाराजीका लागि पोज दिइन् । छुट्टाछुट्टै इन्ट्री लिनुका साथै बिहेको सम्पूर्ण अवधिमा उनीहरु सँगै देखिएनन् । यसपछि ऐश्वर्या राय आफ्नी छोरीसँग छुट्टी मनाउन गइन्, त्यतिबेला पनि अभिषेक उनीसँगै थिएनन् ।

अभिषेक र ऐश्वर्याको विवाह सन् २००७ मा भएको थियो । यो विवाहबाट दम्पतीको एक छोरी आराध्या छिन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily