Aadarsh-Daily

बारामा १३ वर्षीया बालिकामाथि बलात्कार

ad-4p

बीरगंज। बारामा एक बालिकामाथि बलात्कार भएको छ । निजगढ नगरपालिका वडा नम्बर ५ मा मंगलबार दिउँसो १३ वर्षीया बालिकालाई दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् ।मंगलबार दिउँसो विद्यालयबाट घर फर्कदै गरेकी ती बालिकालाई मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् ।

content ad p2
content left

आरोपित दुवै व्यक्तिको पहिचान खुल्न सकेको छैन । बालिकाको बयानपछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बालिकाले आफूमाथि दुई व्यक्तिले जबरजस्ती गरेको जानकारी दिएपछि बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।पिडित बालिकाको बयानपछि निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परिक्षणले उनिमाथि जबरजस्ती करणी भएको देखिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बालिकामाथि बलत्कार भएको शारीरिक परिक्षणले देखाएको र शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । बालिकाको अभिभावक र आफन्त जाहेरी लिएर प्रहरी कार्यालयमा आएको र त्यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily