
वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत वीरगञ्ज आएका छन् । जनमत पार्टी पर्साद्वारा वीरगञ्जको ब्रम्हचौकस्थित ओम होटल एण्ड पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न राउत वीरगञ्ज आएका हुन् ।
जनमत पार्टी पर्साका इन्चार्ज माधव सिंहको अध्यक्षतामा भइरहेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले पार्टी प्रतिको आकर्षण बढ्दै गएको दाबी गरे । जनमत वास्तवमै जनताको पार्टी भएको बताउँदै उनले जनताको चाहना पनि जनमतले नै पुरा गर्ने जिकिर गरे ।

कार्यक्रममा पार्टीका अध्यक्ष डा. सिके राउतले केही बेरमा सम्बोधन गर्नेछन् । यस लगत्तै अध्यक्ष डा. राउतले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नेछन् । सो अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी करिब २ सय भन्दा बढी जनमतमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई पार्टीका केन्द्रीय अधयक्ष प्रतिनीधि सभा सदस्य डा. सिके राउतले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका छन् । नेपाली कांग्रेसकी नेत्रृ रम्भा मिश्रासँगै एमाले, जसपा, माओवादी पार्टी लगायतका दल परित्याग गरी एकसय भन्दा बढीले जनमत पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्य, जिल्लाका पदाधिकारीसँगै नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको छ ।

