Aadarsh-Daily

पर्सामा गिट्टी बालुवाको खुलेयाम चोरी तस्करी

ad-4p

पर्सा । पर्साक विन्दवासिनी कोईलाभार साझेदारि वन अन्तर्गत रहेको विभिन्न खोलाहरुबाट दिनहु गिट्टी बालुवाको खुलियाम चोरी तस्करी भईरहेको छ । पर्सागढी नगरपालिका अन्तर्गत रहेको कर्जनिहा र सिंङ्गाही खोलाबाट दिनहु गिट्टी बालुवाको चोरी तस्करी हुँदा समेत स्थानीय वनकर्मी र प्रहरीहरु मुकदर्शक बनेको स्थानियले आरोप लगाएका छन् ।

content ad p2
content left

सव-डभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतवनटाडि, मनवा वन कार्यालय र बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकीहरुकै अगाडिबाट गिट्टी बालुवा ओसारपसार भईरहँदा पनि उनीहरु एकसुको नबोल्नु भनेको पैसाले मुख बन्द भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन् । असारको १ गते देखि बन्द भएका खोलाहरु पालिकाले ठेक्का नलगाउँदा प्रहरी र वनकर्मीहरुलाई कमाई खाने भाँडो भएको स्थानियले बताएका छन् ।

उनीहरु भन्छन्, “आर्थिक प्रलोभनमा परेर प्रहरी र वनकर्मीहरुले नै ट्रेक्टरलाई छुट दिई गिटीबालुवाको तस्करी बढाएका छन् ।”कर्जनिया र सिङ्गाही खोलाबाट चोरी तस्करी गरि ल्याइएका गिट्टी, बालुवा अहिले पर्सागढि, बहुदरमाई नगरपालिकासँगै वीरगञ्जका विभिन्न ठाउँसम्म बेच्न पुगिरहेको छ । स्थानियले भन्छन्, “चोरी तस्करिको गिट्टी बालुवा चर्को मुल्यमा समेत विक्री भईरहेको छ ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily