Aadarsh-Daily

विरगंजको पावरहाउस चौकस्थित चेकजाँचको नाममा पर्सा ट्राफिकले असुली धन्दा चलाएको आरोप

ad-4p

पर्सा । रामनिवास पटेल । पर्सामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अवैध रकम असुली गरिरहेको पाइएको छ । विरगंजको पावरहाउस चौकस्थित ट्राफिक प्रहरी र श्रीपुर चौकीका प्रहरी टोलीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अवैध रकम असुल्ने गरेको पाइएको हो ।

content ad p2
content left

ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:ख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अवैध रकम असुल्ने गरेको भारतीय सवारीका एक चालकले आरोप लगाए । उनले भने, ‘महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु:ख दिने मनसायले गाडीलाई घण्टौँ सडकमा रोकिदिन्छन् ।’

पावरहाउस चौकमा तीन पाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यवसायीसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजारसम्म महिनावारीकै रुपमा अवैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताएका छन् । पर्सामा दिनहुँ ठूलो संख्यामा सानादेखि ठूला गाडीहरु क्षमताभन्दा बढी लोड गरी हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरूको आरोप छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily