Aadarsh-Daily

‘सरकारले जलविद्युतमा विदेशी लगानी ल्याउन वातावरण बनाउँछ’ : अर्थमन्त्री पौडेल

ad-4p

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउन सरकारले वातावरण निर्माण गर्ने बताएका छन् ।

content ad p2

ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपायको संयुक्त आयोजनामा बुधबार काठमाडौंमा आयोजित ‘अनलकिङ इन्भेस्टमेन्ट’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने बताएका हुन् ।

ऊर्जा उत्पादन र निर्यातभन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने पौडेलको सुझाव छ ।

नेपालको अधिकतम उत्पादन स्वदेशमै खपत हुने गरी ठुल्ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने पनि पौडेलले बताए ।

 ऊर्जा उत्पादनमा समय र जवानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्दै मन्त्री पौडेलले समस्या एकेक गरी समाधान गर्न वृहत छलफलमा आउन ऊर्जा उद्यमीलाई आग्रह गरे ।

नेपालको ऊर्जा क्षेत्रको यत्तिको प्रगतिलाई प्रगति मानेर बस्न नहुने भन्दै उनले हिउँदमा पनि विद्युत आयात गर्नु नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

content left

इप्पान अध्यक्ष गणेश कार्कीले नेपाली बैंकहरूले विदेशी लगानीका ठूला विद्युत आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत् आयोजनाले लगानी नपाएको बताए ।

‘बैंकहरूसँग जलविद्युतमा गर्ने लगानीको एउटा सानो सीमा छ,’ कार्कीले भने, ‘विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । विदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।’

कार्यक्रममा विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दा बढी जलविद्युत् आयोजनाले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइए पनि लामो समयदेखि अनुमति नदिएर आयोजनालाई मरेतुल्य बनाइएको, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, १ प्रतिशत भन्सारमा हुने काममा २८ प्रतिशत भन्सार पुर्‍याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्दै अध्यक्ष कार्कीले उपप्रधान तथा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

कार्यक्रममा आईएफसीका नेपाल निर्देशक बाबाकर फायले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आईएफसीले लिएको बताए । उनले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए ।

कार्यक्रम डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकहरूले वर्षेनि ४० देखि ५० अर्ब रुपैयाँ मात्रै ऊर्जामा लगानी गर्न सक्ने भएकाले स्वदेशी लगानीबाट १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताए ।

उनले विदेशी लगानी लिएर ऊर्जाको दिगो विकास गर्न सकिनेमा जोड दिँदै त्यसका लागि नेपाली जलविद्युत उद्यमीले वातावरण, समाज र सुशासन (ईएसजी) मा जोड दिनुपर्ने बताए ।

उपायका कार्यकारी निर्देशक सुमन रायमाझीले उपायमा विदेशी लगानी नल्याएको भए आज यो उचाइ लिन नसकिने भन्दै ऊर्जा आयोजनाले पनि विदेशी लगानी ल्याउन ईएसजीलाई ख्याल गरेर अघि बढ्नुपर्ने बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily