Aadarsh-Daily

महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा लोसपा पदाधिकारी बैठक सुरु

ad-4p
content left
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक सुरु भएको छ । महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा छलफल गर्न आजदेखि बैठक सुरु भएको छ ।

महासचिव मनिष मिश्रका अनुसार वैशाखमा महाधिवेशन गर्नेगरी पार्टीले तयारी थालेको छ । त्यसैमा विचार विमर्श गर्न आजदेखि केन्द्रीय पदाधिकारीको बैठक सुरु भएको हो ।

 वैशाखमा महाधिवेशन गर्ने निश्चित भएपछि त्यही अनुसार पार्टी सङ्गठन निर्माणको काम अगाडि बढ्ने र त्यसका लागि पदाधिकारी बैठकले विभिन्न कार्यक्रमहरू तय गर्ने उनले बताए । यो बैठकको पहिलो एजेन्डा नै पार्टी सुदृढीकरण सम्बन्धमा रहेको छ । पार्टीको केन्द्रीय समिति, कार्यकारिणी तथा पदाधिकारी समिति बाहेक अरू कुनै संरचना छैन ।

सबै प्रदेश, जिल्ला, पालिकामा समेत सांगठानिक संरचना छैन । यी सबैलाई महाधिवेशनअघि नै सुदृढ गर्नेगरी बैठकमा छलफल हुने बताइएको छ । सो

पार्टीमा चार महिनाअघि नै साधारण सदस्य वितरणको काम सुरु भैसकेको थियो । ‘तीन महिनासम्म सदस्यता वितरण भयो । त्यसको जानकारी पनि केन्द्रमा आइसकेको छ । के कति सदस्यता वितरण भयो । त्यसको बारेमा पनि समीक्षा हुने र पुनः सदस्यता वितरणको काम अगाडि बढाउने तयारी छ’ मिश्रले भने ।

यो बैठकले संविधान संशोधनको विषयमा पनि छलफल गर्ने जनाइएको छ । त्यस्तै संविधान संशोधन र पार्टीको लेबी लगायतका विषयमा पनि बैठकमा छलफल गर्ने बताइएको छ ।


content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily