Aadarsh-Daily

दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरसंग समन्वय गरेर अघि बढ्न तयार

ad-4p

वीरगंज । दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरसंग समन्वय गरेर अघि बढ्न तयार भएको छ । मंगलबार महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिबीच छलफल भएसँगै महासंघ महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरि आफुहरु महानगरको उद्देश्य अनुरुप अघि बढ्न तयार भएको जनाएको हो ।

content ad p2

महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षकहरुलाई कुनै समस्या भए सम्बोधन गर्न आफू तयार रहेको बताए । कुनै त्रुटी भए सच्याउन आफू सँधै तयार रहेको भन्दै उनले त्यसका लागि शिक्षकहरु पनि आन्दोलन छाडेर छलफलमा आउनुपर्ने बताए ।

content left
 यस्तै महानगरपालिकाका उपमेयर इम्तियाज आलमले शिक्षकहरुले आफ्ना समस्या सम्बन्धित स्थानमा राख्न पर्नेमा शैक्षिक वातावरण नै विगार्ने गरि वक्तब्यबाजी गर्दै हिँड्नु शोभनीय नभएको भन्दै आउँदा दिनमा यस्ता कमजोरी आउन नदिन सचेत गराए ।उनले शिक्षकहरु आफ्नै परिवारका भएकाले उनीहरुको समस्या आफ्नो पनि समस्या रहेको भन्दै छलफल मार्फत नै समाधान निस्कने विश्वास दिलाए ।

‘तपाईहरुको समस्या तपाईहरुको मात्रै हैन हाम्रो पनि हो, समस्या समाधानमा हामी गम्भीर छौं, ‘तर यहाँ आएर छलफल गर्नुको सट्टा बाहिर बाहिर वक्तब्यबाजी गर्दै हिड्दा समस्या कहाँ सुल्झन्छ र ? उनले प्रश्न गरे । स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै खटाइएको स्थानमा गएर शैक्षिक कृयाकलाप अघि बढाउनु शिक्षकहरुको दायित्व भएको पनि उनले प्रष्ट पारे ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले शिक्षकहरुको मानसम्मानमा आघात नपुग्ने गरि निर्णय गरिएको र यसमा पनि कुनै समस्या रहेको भए आफुहरु सच्चाउन तयार रहेको बताए ।शिक्षा समितिको निर्णय बमोजिम नै दरबन्दी मिलानको काम गरिएकाले त्यसबाट अप्ठ्यारामा परेका शिक्षकहरुले आफ्नो असहमति खुलाएर महाशाखालाई जानकारी गराए पुनरावलोकनका लागि समितिमा लैजान आफू सँधै तयार रहेको उनले बताए ।

छलफलमा शिक्षक महासंघका नगर समिति अध्यक्ष प्रदीप जयसवालले आफु र आफ्ना शिक्षक साथीहरुको समस्या समयमै सम्बोधन नहुँदा आफुहरु विभिन्न ठाउँमा दौडन बाध्य भएको बताए ।

वास्तविक समस्यामा परेका शिक्षकहरुको माग सम्बोधन गर्न महानगर तयार देखिएकाले बाँकी असहमतिका कुराहरु आपसी समन्वयमा समाधान गर्न आफुहरू तयार भएको उनले बताए । छलफलमा महासंघका महानगर सचिव सुमु प्रसाद सोनार (सन्तोष), विजय यादव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily