Aadarsh-Daily

गर्मी बढेसँगै तराईमा डेंगी, मलेरिया र अन्य भाइरल ज्वरोका बिरामीमा वृद्धि

ad-4p

वीरगञ्ज । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, टाईफाइ लगायतका भाइरल ज्वरोका बिरामीहरुको संख्या एक्कासी बढेको छ। पर्सा जिल्लामा पनि गत वर्षको तुलनामा ज्वरोका बिरामी उल्लेखनीय रूपमा वृद्धि भएको पर्सा जिल्लाका सचिव तथा नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंहले जानकारी दिनुभयो।

content ad p2

डा. सिंहका अनुसार डेंगी, मलेरिया, र टाईफाइट जस्ता ज्वरोका बिरामीहरुको चाप बढेको छ। “यो मौसमको ज्वरोले बिरामीलाई शिथिल बनाउने, खान नरुचाउने, हड्डी दुखाउने र कमजोरी महसुस गराउने जस्ता लक्षणहरु देखिन्छन्,” उहाँले भन्नुभयो।

content left

विशेष गरी वर्षातको समयमा पानी जम्ने र लामखुट्टेको बिगबिगी बढ्नुलाई ज्वरोका बिरामीहरुको वृद्धि हुनुको प्रमुख कारण मानिएको छ। डेगी एडियस एजिप्टी नामक लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ, जसले विशेष गरी सफा पानीमा लार्भा बनाउँछ। डा. सिंहका अनुसार डेंगी फैलाउने लामखुट्टे सफा पानीमा विकास हुन्छ, जसमा सडकमा फुटेको ठाउँमा जमेको पानी, गमलामा जमेको पानी, खाल्डाखुल्डीमा र फ्याकिएका टायरहरुमा जमेको पानी पर्दछ।

डा. सिंहले डेंगी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ। साथै, प्रत्येक व्यक्तिले आफ्नो घर वरपरका पानी जम्ने स्रोतको व्यवस्थापन र नष्ट गर्ने प्रयास गर्नुपर्ने उहाँको सुझाव छ।

यदि डेंगीको संक्रमण भईहालेमा बिरामीले धैर्य राखी घरमा आराम गर्न, पोशिलो तथा झोलिलो खानेकुरा खाने, पानीपट्टी गर्ने, सिटामोल जस्ता औषधि सेवन गर्ने, र नियमित रगत जाँच गराउनुपर्ने सुझाव दिनुभएको छ। बिरामीको अवस्था गम्भीर भएमा मात्र अस्पताल भर्ना हुने सल्लाह दिनुभएको छ।

नेपालभर वार्षिक रुपमा डेगीको बिरामी एकदेखि दुई प्रतिशत मात्र हुने तथ्यांक रहेको हुँदा डा. सिंहले यसप्रति आतिन नपर्ने र धैर्य गर्नुपर्नेमा जोड दिनुभएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily