Aadarsh-Daily

युवाहरूलाई ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर चरित्रहत्या गरे : दीक्षित

ad-4p

काठमाडौँ । नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले युवाहरूको चरित्रहत्या गरेको आरोप लगाएका छन् ।

content ad p2
content left

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२/०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरूलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताएका हुन् ।

‘डेमोक्रेसीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । नत्र भने बोल्न नपाइने र संविधानले बोल्न दिन मान्दैन भनेदेखि मलाई बताउनुस्, केपी ओली ०४६ सालमा सडकमा उत्रिँदा म पनि सडकमा छु, त्यो सडकको नाराबाजीमा ‘वीरे चोर देश छोड्’ कसले भनेको ? त्यो नारा नागरिक समाजको होइन, ‘वीरे चोर देश छोड्’ भन्न पाइन्थ्यो ? ०६२÷०६३ मा ‘ज्ञाने चोर देश छोड्’ कसले भनेको ? त्यही युवाहरूले भनेका हुन् । त्यही भनेर ती युवाहरूले तपाईँहरूलाई राज्यमा पुर्‍याएको छ,’ उनले भने ।

‘आज तिनै युवाहरूले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने ? यो हो डेमोक्रेसी ?’ उनले प्रश्न गरे, ‘देउवा र ओलीले बरु युवाहरूको चरित्र हत्या गरेका छन् । फटाहा, बदमास, गुण्डा के–के भने के–के ? त्यो भन्न पाइन्छ ? जनतालाई हेप्ने हो ? युवाहरूलाई हेप्ने हो ?’

साथै, उनले ओलीलाई प्रधानमन्त्रीको हैसियतमा बस्न सुझाव दिए । प्रधानमन्त्री ओलीले खुल्ला मञ्चमा आफ्नो हैसियतभन्दा तल ओर्लिएर व्यवहार गरेको उनको आरोप छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily