Aadarsh-Daily

भदौ ३१ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

ad-4p

वीरगञ्ज  मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते (सोमबार) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

content ad p2

गृह, सञ्चार तथा कानून मन्त्रालयले आज सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

content left

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले जारी गरेको सूचनामा प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा यस सम्बन्धी निर्णय पारित भएको उल्लेख छ।

सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।”

यस निर्णयसँगै मधेश प्रदेशका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मदिनलाई सम्मानपूर्वक मनाउने तयारी गरिरहेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily