Aadarsh-Daily

जनतालाई सास्ती मर्मतसम्भारको अभावमा गण्डक नहरको पुल भासियो

ad-4p

वीरगंज – मर्मतसम्भारको अभावमा गण्डक नहरको पूल भासिएको छ । पर्साको वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाकोबिचमा पर्ने गण्डक नहरको पूल मर्मतसम्भारको अभावमा भासिएको हो । पूल भासिदा हजारौं सवारी साधनको आवागमन ठप्प भएको छ भने सर्वसाधारणलाई मर्का परेको छ ।

content ad p2

१५ ब्लकमा विभाजित ८१ किलोमिटर लम्बाइको गण्डक नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलादेखि बारा जिल्ला हुँदै रौतहटसम्म पुगेको छ । गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्टहरू छन् । विसं २०३० जेठ २१ गते यो नहरको उद्घाटन गरिएको थियो ।

content left

गत वर्ष सडक विभागले गण्डक नहरको बोटो भने कालोपत्रे गरेको थियो । तर पुल पुलेसाहरू भने जस्ताको तस्तै छन् । मर्मतसम्भारप्रति कसैको पनि ध्यान जान नसक्दा अहिले आएर पूल भासिएको हो । गण्डक नहरको पूल वीरगंज महानगरमा पर्छ र बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ संग मात्र जोडिएको छ । न त सम्बन्धित निकाय सिंचाई बोभागले ध्यान पुर्याएको छ न त त्यस क्षेत्रबाट जितेका जनप्रतिनिधि ।

पर्साको क्षेत्र नम्बर दुईमा सो गण्डक नहरको पूल पर्छ जहाँबाट केन्द्रमा अजय चौरसिया जितेका छ र अहिले कानुन मन्त्रि समेत छ भने प्रदेश चौरसिया कै पार्टी नेपाली कांग्रेसबाट श्याम प्रसाद पटेल प्रदेश सांसद छन । यसैगरी मधेश प्रदेशकै एक मात्र महानगर ,बीरगंज महानगर त्यस क्षेत्रसम्म छ र बहुदरमाई नगरपालिका समेत जोडिएको छ तर कसैले वास्ता नगर्दा पूलको यस्तो दुर्गति भएको स्थानीय बताउछन ।

यी प्रतिनिधि त्यस क्षेत्रमा छन तर सार्वजनिक सम्पति भएकोले सिंगै सरकार को ध्यान जान आवश्यक देखिन्छ र अहिलेको सरकारमा पर्साबाट जितेका एमाले , कांग्रेस र जसपा सहभागी छन । सबैलाई थाह हुदै हुदै चासो नदिदा आफुहरुलाई अब सास्ती भएको त्यस भेगका जनता बताउछन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily